IME Life New

करिब ३० अर्बको कारोबार हुँदा नासाले मात्र गर्यो ३७० करोडको, अरु ब्रोकरको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दुमा बन्द भएको छ। आज २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बढी कारोबार भएको छ। यो दैनिक कारोबार हालसम्मकै उच्च हो।

आज २० वटा ब्रोकरले १ अर्ब रुपैयाँ माथिको कारोबार गरेका छन्। तीमध्ये उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीको अग्रस्थानमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) रहेको छ। यो ब्रोकरबाट ३ अर्ब ७० करोड ३६ लाख रुपैयाँको कुल कारोबार भएको छ। जसमा २ अर्ब १० करोड ६२ लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ भने १ अर्ब ५९ करोड ७३ लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ।

Esewa
Crest

दोस्रोमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरबाट २ अर्ब ६८ करोड ६ लाख रुपैयाँबराबरको कुल कारोबार भएको छ। जसमा १ अर्ब ४० करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिद भएको छ भने १ अर्ब २७ करोड ८९ लाख रुपैयाँबराबरको शेयर बिक्री भएको छ।

उच्च कारोबारको हिसाबले भिजन सेक्युरिटिज तेस्रोमा रहेको छ। यो ब्रोकरबाट २ अर्ब ५५ करोड १८ लाख रुपैयाँबराबरको कुल कारोबार भएको छ। जसमा १ अर्ब ५ करोड ५३ लाख रुपैयाँको शेयर खरिद भएको छ भने १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ शेयर बिक्री भएको छ।

यस्ता छन् अर्ब माथि कारोबार गर्ने अन्य ७ ब्रोकर

सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)

  • कुल कारोबारः २ अर्ब १६ करोड ६२ लाख
  • खरिदः १ अर्ब १२ करोड ७६ लाख रुपैयाँ
  • बिक्रीः ९८ करोड ८८ लाख रुपैयाँ

अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९)

  • कुल कारोबारः २ अर्ब १० करोड २४ लाख
  • खरिदः १ अर्ब १० करोड १९ लाख रुपैयाँ
  • बिक्रीः १ अर्ब ४ लाख रुपैयाँ

आर्यातारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)

  • कुल कारोबारः १ अर्ब ९५ करोड ६८ लाख
  • खरिदः ९० करोड २८ लाख रुपैयाँ
  • बिक्रीः १ अर्ब ५ करोड ४० लाख रुपैयाँ

डाइनामिक मनी मेनेजर्स (ब्रोकर नं. ४४)

  • कुल कारोबारः १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ
  • खरिदः १ अर्ब ७९ लाख रुपैयाँ
  • बिक्रीः ८५ करोड ७८ लाख रुपैयाँ

एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७)

  • कुल कारोबारः १ अर्ब ८४ करोड ८ लाख
  • खरिदः १ अर्ब १ करोड ९८ लाख रुपैयाँ
  • बिक्रीः ८२ करोड १० लाख रुपैयाँ

दीपशिखा धितोपत्र कारोबार (ब्रोकर नं. ३८)

  • कुल कारोबारः १ अर्ब ५४ करोड ५ लाख रुपैयाँ
  • खरिदः ७९ करोड ७० लाख रुपैयाँ
  • बिक्रीः ७४ करोड ३५ लाख रुपैयाँ

अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६)

  • कुल कारोबारः १ अर्ब ३६ करोड ५५ लाख
  • खरिदः ६१ करोड १८ लाख रुपैयाँ
  • बिक्रीः ७५ करोड ३७ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS