IME Life New

………..कति बेला ११ बज्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धेरै समय पश्चात आज लगानीकर्ताहरु कति बेला बजार खुल्ने होला भनी कुर्दै बसेका  छन् ।  बजार त सधै खुल्छ नै तर आज लगानीकर्ताको पर्खाईमा ठूलो खुशी लुकेर बसेको छ ।

दुई तिहाई कम्युनिष्ट सरकारको समयमा सुरु देखि नै लगानीकर्ताहरु खुशी नभएको र समय सापेक्ष नीतिहरु नआएको सुनिदै आएकोमा आर्थिक वर्ष ७७/७८ को मौद्रिक नीतिले भने लगानीकर्तालाई निकै खुशी बनाएको छ ।

Esewa
Crest

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सबैलाई खुशी बनाएको छ । त्यसमा पनि नेपाली शेयर बजारका लगानीकर्ताहरु माझ त् झन् ठूलो खुशी आएको छ । बैंक तथा वित्तीय संस्थाको वितरण योग्य मुनाफाको ३० प्रतिशत भन्दा धेरै नगद लाभांश दिन नमिल्ने नियम संगै बोनस शेयर भन्ने वित्तिकै हुरुक्कै हुने नेपाली लगानीकर्ताहरु मनोविज्ञानिक रुपमा निकै खुशी छन् । त्यस्तै नाफा  चुक्ता पुँजीको ५ प्रतिशत भन्दा थोरै हुने वित्तिय सस्थाले  भने नगद लाभांश प्रदान गर्न पूर्ण रुपमा रोक लगाईएको छ ।

सिसिडी अनुपातलाई ८५ प्रतिशत पुर्याईएको छ, जसले गर्दा बजारमा थप कर्जा दिन मिल्ने तरलताको वृद्धि हुँदै व्याज दर घट्न सहयोग पुग्ने छ। न्यून व्याज दर शेयर बजारको लागि सकारात्मक कुरा हो।

त्यस्तै राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ। यस अघि सो प्रतिशत ६५ प्रतिशत थियो ।  ५ प्रतिशत वृद्धि हुँदा बजारमा थप् रकम भित्रने देखिन्छ।

अहिलेको मौद्रिक नीति पश्चात लगानीकर्तालाई दशैँ आएको अनुभूति भएको छ । लामो समय देखि निकै दुखी भएका नेपाली लगानीकर्ताहरु नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीको पहिलो मौद्रिक नीतिबाट भने निकै खुशी भएका छन् ।

लामो समय देखि राज्यबाट प्रत्यक पटक जिल्ल हुँदै आएकोमा अहिले आएर भने शेयर बजारका लगानीकर्ताको पनि कोही अभिभावक भएको अनुभूति गरेका छन् । सामाजिक संजालमा एक जना लगानीकर्ताले खुशी हुँदै लेखेका छन् ” कति बेला ११ बज्ला ?”

सामाजिक संजाल भर मौद्रिक नीतिमा चर्चा हुँदै छ भने धेरै लगानीकर्ताहरु खुशी साटा साटा गर्दैमा व्यस्थ छन् । आईपीओको माहोलले तातेको नेपाली प्राथमिक बजारलाई  मौद्र्क नीतिले दोश्रो बजारपनि तताउने अनुमान लगाउन सकिन्छ ।

निकै लामो समय देखि बियारिस ट्रेण्डमा गएको बजारले अब भने बुलिश ट्रेण्ड समात्ने अनुमान धेरै लगानीकर्ता को छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS