IME Life New

कतार एयरद्वारा टिकट फिर्ता गर्न आनाकानी, मिति सार्दा भने शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि चीनले आफ्ना देशभित्रका सबै एयरलाइन्सलाई यात्रा गर्न नचाहने यात्रुलाई सम्पूर्ण रकम तत्कालै फिर्ता दिन निर्देशन दियो । विश्वभरका एयर चाईना, चाईना साउथर्न एयलाइन्स लगायतका जहाज कम्पनीले यात्रुको पैसा बिनाशर्त फिर्ता गरे ।

तर, आफूलाई विश्वकै उत्कृष्ट हवाई कम्पनी भनेर दावी गर्ने कतार एयरवेजले भने नेपालीहरुलाई कतारमा प्रवेशमा रोक लाग्दा समेत यात्रा गर्न नचाहने यात्रुको टिकट बापतको रकम फिर्ता गर्न आनाकानी गरेको छ । विश्वभर कोरोना भाइरस ( कोभिड १९)ले त्रास बढेसँगै विश्वभर हवाई यात्रुको संख्या २५ प्रतिशतभन्दा बढिले गिरावट आइसकेको छ ।

Esewa
Crest

कतारले नेपालीलाई आफ्नो देशमा प्रवेश नदिने घोषणा गरिसकेको सन्दर्भमा नेपालबाट दैनिक दुई उडान भर्दै आएको कतार एयरले आजै एक सूचना प्रकाशित गरी ग्राहकहरुले अब आफुले बुक गरेको टिकट निशुल्क उडान मिति परिवर्तन गर्न सक्ने मात्रै उल्लेख गरेको छ । सम्भवतः केही दिनभित्रैमा उडान स्थगित गर्ने तयारीमा रहेको कतार एयरवेजले कतारको भिषा भएकालाई नेपालबाट लैजान बन्द गरिएको छ । कनेक्टिङ् फ्लाईटका यात्रुहरुलाई मात्रै सेवा दिने अवस्थामा पुगेको कतार एयरले टिकट काटिसकेका नेपाली पर्यटक तथा कामदारको टिकट बापतको रकम फिर्ता गर्ने सम्बन्धमा केही उल्लेख गरेको छैन ।

आज जारी सूचना अनुसार यात्रुहरुले जुन २० सम्मका लागि बुकिङ गरेका उडानहरु परिवर्तन गर्न सक्नेछन् । उनीहले प्रस्थान गर्नुभन्दा तीन दिनसम्म लागु हुने जनाइएको छ । साथै त्यस्तो टिकट आगामी एक वर्षसम्म यात्रा गर्न सकिने जनाएको छ । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरले यात्रु र कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी यो योजना ल्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS