IME Life New

ओलीले भोलि ११ बजे प्रधानमन्त्रीको शपथ लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ गठबन्धनबाट प्रधानमन्त्री बन्न लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि असार ३१ गते बिहान ११ बजे शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेल शपथ ग्रहण गर्नेछन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण निर्माणसँगै नयाँ सरकारको गठनको सम्झौता भएको थियो। नयाँ समीकरण गठन भएसँगै नयाँ सरकार गठन हुन लागेको हो। जसको नेतृत्व ओलीले गर्नेछन्।

Esewa
Crest

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गत शुक्रबार विश्वास मत प्राप्त गर्न असफल भएका थिए। दाहालले विश्वासको मत नपाएसँगै सोही दिन राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। यो उपधाराबमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष आज असार ३० गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो। तर, कांग्रेस र एमालले शुक्रबार नै राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा ओलीको नाम दाबी पेस गरेका थिए।

नयाँ गठबन्धनबीच भएको सम्झौताबमोजिम १०।१० वटा मन्त्रालय दुवै दलबीच बाँडफाँटसमेत भइसकेको छ। जसमा अर्थमन्त्री एमालेले पाउने लगभग सहमति भइसकेको छ।

एमालेले नयाँ सरकारमा मन्त्री बन्न केही मापदण्ड तय गरेको थियो। सोही मापदण्डबमोजिम सांसद विष्णु पौडेलबाहेक अन्य कोही पनि एमालेबाट अर्थमन्त्री बन्ने सम्भावना देखिँदैन। त्यसैले ओली नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्री बन्ने लगभग पक्का रहेको छ।

दुवै पार्टी स्रोतका अनुसार आज साँझसम्म मन्त्रीहरुको नाम टुंगाउने प्रयास भइहरेको छ। आज साँझसम्म नभ्याए भोलि बिहानसम्म टुंगो लाग्ने एमाले स्रोत बताउँछन्। ‘साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेको छ’, स्रोतले भन्यो, ‘सम्भवतः भोलि नै नयाँ सरकारका मन्त्रीहरुले पनि शपथ लिनेछन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS