IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा माघ २१ गतेबाट वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ।

Esewa
Crest

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोडको ३० प्रतिशत अर्थात १८ करोड रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता आइपीओ जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८० हजार कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ।

वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरमा खरिद आवेदन दिन सक्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

सीडीएससीका अनुसार हिजो साँझसम्म यो आइपीओमा ५० हजार २३४ आवेदकबाट १३ लाख ३४ हजार ६८० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा ७.४२ गुणा बढी आवेदन हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमान १८ हजारजनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS