IME Life New

ओटीसी मार्केटमा रु. ५ अर्ब बढीको शेयर कारोबार, कुन कम्पनीको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०।८१ मा विभिन्न कम्पनीको ५ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

नेप्सेले आज सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षमा ओटीसी मार्केटमा विभिन्न कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँबराबरको शेयर कारोबार भएको हो। ओटीसी मार्केटमा लर्ड बुद्ध एजुकेसन एकेडेमीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै १२ लाख ४ हजार ५८३ कित्ता शेयर ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ। लर्ड बुद्धको प्रतिकित्ता ५४० रुपैयाँमा शेयर किनबेच भएको छ।

Esewa
Crest

नेप्सेले ओटीसी मार्केटको अवधारणाको विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। ओटीसी मार्केटमा २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार हुने गर्छ।

हालसम्म ओटीसी मार्केट २४४ वटा कम्पनी ओटीसी मार्केटमा दर्ता भई कारोबारमा रहेका छन्।

OTC market

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS