IME Life New

ऐन-कानुन बनाउँदा उद्योगी-व्यवसायीले बदमासी नै गर्छ भन्ने सोचबाट प्रेरित हुनु भएनः अध्यक्ष अग्रवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकार ऐन तथा कानुनहरु बनाउँदा निजी क्षेत्रले बदमासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुने गरेको गुनासो गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले उद्योगी-व्यवसायीहरु भनेका बदमास हुन्छन् भन्ने सोचबाट प्रेरित भएर ऐन नियमहरु बनाइँदा लगानीको वातावरण बिग्रदै गएको बताएका हुन् ।

उनले लगानीलाई प्रोत्साहन गर्न निश्चित अवधि नै तोकेर त्यो अवधिसम्म कुनैपनि नीतिगत परिवर्तन नहुने खालको वातावरण सरकारले बनाउनुपर्ने बताएका छन् । लगानीका लागि स्थिर नीति र स्थिर सरकार नै प्रमुख आवश्यकता हुने भएकाले लगानीकर्ताहरुले जहिल्यै पनि यी दुइ चिज हेर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।

Esewa
Crest

‘लगानीको वातावरण सरकारले बनाउने हो, लगानीलाई प्रोत्साहन गर्न निश्चित अवधि तोकेरै नीतिगत स्थिरता दिनु आवश्यक छ’ उनले भने, ‘ऐन बनाउँदा निजी क्षेत्रले बदमासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुनु नै लगानीका लागि बाधक बनिरहेको छ ।’

उनले अहिले निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रभित्र पार्ने गरि ऐन संशोधन गर्न खोजिएको भन्दै यसले लगानीकर्ता उद्योगी व्यवसायीको मनोबल कमजोर बन्ने र मुलुकको अर्थतन्त्रमै त्यसको गम्भीर असर पर्ने बताएका छन् ।

अख्तियारको कार्यक्षेत्र भित्र निजी क्षेत्रलाई पनि राख्ने गरि ऐन संशोधन गर्न खोजिएको छ, यसले राम्रो गर्दैन’ अध्यक्ष अग्रवालले भने, ‘निजी क्षेत्रलाई हेर्न अहिले नै २ दर्जन निकायहरु छन्, फेरि अर्को एजेन्सी किन चाहियो ?’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS