IME Life New

एसियन लाइफको सवा ५ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सवा ५ लाख बढी कित्ता शेयर आज साउन ३२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन भदौ ११ गतेसम्म काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबि एस क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँ कायम गरिएको थियो। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS