IME Life New

एसएमई प्लेटफर्म सञ्चालनका लागि विनियमावली बनाउँदै नेप्से, सिग्देलको नेतृत्वमा समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजारमा साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि एसएमई प्लेटफर्म सञ्चालन ल्याउने प्रक्रिया अगाडि बढेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत माघ ३ गतेदेखि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू गरेको थियो। त्यसपछि सेबोनले नेप्से र सीडीएससीलाई साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो।

Esewa
Crest

सेबोनले निर्देशन दिएको करिब ३ सातापछि बसेको नेप्सेको सञ्चालक समितिले साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि विनियमावली बनाउन ५ सदस्यीय समिति गरेको हो। समितिको संयोजकमा नेप्से सञ्चालक समितिका सदस्य रोशनकुमार सिग्देल छन्। सिग्देल नेपाल राष्ट्र बैंकबाट नेप्से सञ्चालक समितिमा प्रतिनिधित्व गर्छन्।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले हाल समितिले विनियमावली तयार गर्ने काम गरिरहेको बताए। ‘समितिले एसएमईहरुको शेयर कारोबार सञ्चालन गर्न प्रविधिमा गर्नुपर्ने मोडिफिकेसनका लागि पनि सुझाव दिनेछ’, उनले भने, ‘विनियमावली तयार भएपछि स्वीकृतिका लागि सेबोनमा पेस गरिनेछ। सेबोनबाट स्वीकृत भएपछि एसएमई प्लेटफर्म सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया अगाडि बढ्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS