IME Life New

एशियन लाईफले ल्यायो “दम्पती सुरक्षा प्लस” जीवन बीमा योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबै जनाको जोखिम बहन हुनेछ ।

यस योजना अनुसार विमितले ५० हजार देखि माथि जतिसुकै रकमको बीमा गर्न सक्नेछन् । यो बीमा योजना खरिद गर्नेहरुले मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । साथै ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट सुविधा समेत रहेको कम्पनीले जनाएको छ । यस योजनामा दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुट सुविधा पनि समाबेश गरिएको छ ।

Crest

यस्तै बीमा अवधि समाप्त हुने मिति सम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस सुविधा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार बीमा अवधि भित्र दुई मध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाउनेछन् । यसै गरी कम्पनीले बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम भुक्तानी गर्नेछ । बीमा अवधि समाप्त हुने मिति सम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS