IME Life New

एशियन लाइफ इन्स्योरेन्सले पायो वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको आठौं न्यू बिज कनक्लेभ एण्ड बिजनेश अवार्ड समारोहमा एशियन लाइफ इन्स्योरेन्सले ‘वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित भएको छ।  होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहका अवसरमा आयोजक संस्थाको तर्फबाट एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई सम्मान् हस्तान्तरण गरिएको थियो ।

न्यु बिजनेश एज प्रालिका अनुसार स्वतन्त्र निर्णायकहरुले आर्थिक वर्ष २०७९।८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरि सकेका सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये खुद नाफा, खुद सम्पत्ती, जीवन बीमा कोष, लगानी लगायतको आधारमा मूल्याङ्कन गरेका थिए । यी मूल्याङ्कनका आधारमा एशियन लाइफ इन्स्योरेन्स अब्बल रहेकाले उत्कृष्ट जीवन बीमा कम्पनीको उपाधि प्राप्त गर्न सफल भएको आयोजक संस्थाले जानकारी दिएको छ।

Esewa
Crest

आयोजक संस्थाका अनुसार जीवन बीमा कम्पनीहरुमध्ये उपाधीका लागि अन्तिम सूचीमा एशियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स परेका थिए । अन्यमध्ये अधिकांश जीवन बीमा कम्पनीले २०७९।८० को वित्तीय विवरण स्वीकृत गर्ने र साधारण सभा गर्ने कार्य अझैसम्म पनि गर्न नसकेकाले पहिलो चरणमै ती बीमा कम्पनीहरु छनौट चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS