IME Life New

एशियन लाइफले वेल्थ म्यानेजमेन्ट किनेर बनायो ‘एशियन क्यापिटल’, बीमा क्षेत्रकै पहिलो मर्चेन्ट बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा एशियन लाइफले वेल्थ म्यानेजमेन्ट प्राप्ती गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् ।

संझौतापछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत शेयर स्वामित्व कायम भई वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेड बीमा क्षेत्रमा एशियन लाइफको पहिलो सहायक कम्पनी हुनेछ ।

Esewa
Crest

स्वमित्व परिवर्तन पछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ ।

वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS