IME Life New

एशियन लाइफले ट्रष्ट इनर्जीमार्फत् ताप्लेजुङमा ३० मेगावाटको हाइड्रोपावर निर्माण गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स समेत मुख्य प्रवर्द्धक रहेको जलविद्युत विकास कम्पनी ट्रष्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिकवा खोला गाउँपालिकामा ३० मेगावाटको पालुन खोला १ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

ट्रष्ट इनर्जी लिमिटेडले गाउँपालिका भएर बग्ने पालुन खोला र सानो खोलाको पानी प्रयोग गरी जलविद्युत उत्पादन गर्ने योजना छ। यो आयोजनाबाट रन अफ द रिभर अर्थात् नदीको पानीको बहावको आधारमा उर्जा उत्पादन गरिनेछ। कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दि‌एको छ। ट्रष्ट इनर्जीले यसअघि नै पालुन खोलामा ४‍.९५ मेगावाट उत्पादन क्षमताको अर्को एउटा आयोजना निर्माण गरिरहेको छ।

Esewa
Crest

प्रस्तावित जलविद्युत आयोजनामा सानो खोला र पालुन खोलामा बाँध निर्माण गरेर खोलाको बायाँतर्फको इन्टेकबाट पानीको बहावलाई फर्काएर आयोजनाको मुख्य संरचनाहरू हुँदै भूमिगत विद्युत् गृहमा लैजाने प्राविधिक प्रस्ताव छ । भूमिगत विद्युत गृहमा लगिएको पानीलाई टेलरेस टनेल मार्फत् पुनः पालुङ खोलामा नै बगाइनेछ । आयोनामा ३६.३ मिटर लामो,१५.२ मिटर चौडा र २१ मिटर अग्लो भूमिगत विद्युत गृहमा दुईवटा ठाडो टर्वाइनहरूमा पानी खसालेर दुईवटा जेनेरेटर मार्फत् ३० मेगावाट उर्जा उत्पादन गर्ने प्रस्ताव गरिएको छ।

आयोजनाबाट उत्पादित विद्युत १३२/११ केभि १८ एमभिएकाे २ वटा ट्रान्सर्फमरबाट २७ किलोमिटरको दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित हाङपाङ सब स्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नुपर्नेछ । विद्युत विकास विभागबाट आयोजनाको काम शुरु गर्न स्वीकृति पाएको अवस्थामा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने ट्रष्ट इनर्जीले लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS