IME Life New

एशियन लाइफको लगानी रहेको क्राउन इम्पेरियल होटलको व्यापार चम्कियो, पायो यस्तो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स मुख्य साझेदार रहेको होटल क्राउन इम्पेरियलको व्यापारमा चमक देखिएको छ। सञ्चालनमा आएदेखि निरन्तर घाटामा रहेको रवि भवनस्थित यो चार तारे होटलले गत आर्थिक वर्षमा १२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार आम्दानी गरेको छ।

अघिल्लो आव २०७८।७९ मा होटलले जम्मा ६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । रेटिङ एजेन्सी केयर रेटिङले बैंक ऋण प्रयोजनका लागि गरेको रेटिङ प्रतिवेदन अनुसार त्यस अघि आव २०७६।७७ मा होटलको कारोबार ८ करोड २० लाख रुपैयाँ बराबर भएपनि कोरोनाको प्रभावका कारण होटलको व्यापार खुम्चिएर आव २०७७।७८ मा जम्मा २ करोड ३० लाख रुपैयाँमा सीमित हुन पुगेको थियो ।

Esewa
Crest

यो होटल बास बस्न आउने पर्यटकीय ग्राहकभन्दा पनि सभा समारोह सामाजिक उत्सवबाट प्राप्त हुने आम्दानीमा अधिक निर्भर रहेको छ। १३१ वटा कोठा भएपनि रेटिङ एजेन्सीका अनुसार होटलको औसत अकुपेन्सी जम्मा २१ प्रतिशतमा सीमित छ। सामान्य भाषामा बुझ्दा यो भनेको होटलको १३१ कोठामध्ये जम्मा २७ वटा कोठा नियमित आतिथ्यताका लागि प्रयोग हुने गरेको छ। यसले होटल व्यवस्थापनका लागि हाउस किपिङ( कोठाको सरसफाई नियमित सरसफाई र जनशक्ति ) वापतको खर्चको तुलनामा आम्दानी ज्यादै न्यून हुँदा घाटाको दबाब छ।

केयर रेटिङका अनुसार होटलले कूल आम्दानीको ५८ प्रतिशत आय सभा सम्मेलन समारोहको आयोजनाबाट र बाँकी ४० प्रतिशत आय कोठा भाडामा लगाएर तथा रेष्टुरेण्ट लगायतको आम्दानीबाट प्राप्त गरि रहेको छ। होटल व्यवस्थापन सामू आवासीय ग्राहक भित्र्याएर कारोबार आम्दानी बढाउँदै सञ्चालन लागत घटाएर होटललाई नाफामा लैजाने दबाब छ।

ठूलो लगानीका कारण होटल व्यवसायलाई नाफाको अवस्थामा लैजान अन्य व्यापारको तुलनामा तुलनात्मकरुपमा बढी समय लाग्छ। होटेलको अकुपेन्सी दर र औसत कोठा आम्दानी दर (ARR) मा सुधार गर्न सक्ने व्यवस्थापनको क्षमताले कारोबार रकम र नाफामा वृद्धि गर्न कतिको सक्षम हुनेछ भन्नेमा यसको ऋण र वित्तीय दायीत्व सहजै पुरा गर्न सक्ने अवस्थालाई निर्धारण गर्नेछ।

करिब करिब उस्तै पूर्वाधार रहेको धुम्बाराहिस्थित चार तारे होटल अकामाको तुलनामा क्राउन इम्पेरियलको व्यापार अझै कमजोर छ। यी दुबै होटलको भित्रि संरचना पहिले हाउजिङ कोलोनी निर्माणका लागि तयार पारिएको थियो, २०७२ सालको भूकम्पपछि हाउजिङको व्यापार खस्किएपछि यी दुबै संरचनाहरु होटलमा परिणत गरिएका हुन् । अपरिष्कृत वित्तीय विवरण अनुसार होटल अकामाले आव २०७९।८० मा १७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। क्राउन इम्पेरियलको तुलनामा अकामाको व्यापार ४४ प्रतिशतले बढी छ। यसैगरी ब्याज खर्च ह्रासकट्टी र कर समायोजन अघिको नाफाको मार्जिन अनुपात पनि अर्किड होल्डिङ(क्राउन होटल) को तुलनामा अकामाको तीन गुणा बढी छ।

कोरोनाले होटलको व्यापार खस्किएपछि बैंकको ब्याज किस्ता तिर्न समेत धौं धौं परेपछि यसका लगानीकर्ताले संस्थागत लगानीकर्ताका रुपमा एशियन लाइफ इन्स्योरेन्सलाई भित्र्याएका थिए । केयर रेटिङका अनुसार एशियन लाइफलाई संस्थागत लगानीकर्ताका रुपमा भित्र्याउँदै लगानीकर्ताहरुका तर्फबाट हकप्रद शेयरका रुपमा थप पूँजी लगानी गरेर बैंक ब्याज रकमको एकीकृत भार र ऋणको भारलाई कम गरिएको थियो । जम्मा १३१ वटा कोठा, रेष्टुरेण्ट, ब्याङ्कवेट, स्वीमिङ पुल र जिमखाना समेत रहेको छ।

सर्वसाधारणबाट पूँजी जुटाउनका लागि अर्किड होल्डिङ्सले धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनका लागि निवेदन दिई सकेको छ। यो कम्पनीले रु १०० अंकित दरमा १ लाख १५ हजार साधारण शेयरमार्फत् कूल १ अर्ब १५ करोड रुपैयाँ थप चुक्ता पूँजी जुटाउने योजना छ। शेयर निष्काशनका लागि गत लक्ष्मी क्यापिटललाई निष्काशन प्रबन्धक नियुक्त गरि सकेको छ।

अर्किड होल्डिङ लिमिटेडले होटल निर्माण र सञ्चालनका लागि १ अर्ब ३२ करोडको दीर्घकाकालीन कर्जाका लागि एनपि डबल बि प्लस र छ करोड ९० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपि फोर रेटिङ केयर रेटिङ नेपालबाट पुनः पुष्टी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS