IME Life New

एशियन लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । उक्त नयाँ पोलिसीको उक्तघाटन कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाइफले नयाँ जीवन बीमा योजना ल्याएको हो ।

यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागी बीमा गर्न सकिनेछ । यसको न्यूनत्तम बीमाङ्क ५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ ।

Esewa
Crest

यस योजनामा बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ । जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ ।

त्यसैगरी जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५(पचहत्तर) प्रतिशत रकम व्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ ।

यस बीमा योजनामा अतिरिक्त बीमा शुल्क वापत बीमा शुल्क छुट सुविधा (PWB), मासिक आय सुविधा(MIB) र अग्रिम जोखिम बहन सुविधा(ERC सुविधा समेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात शुरु गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS