IME Life New

एलआईसीको अवितरित करिब ५ लाख कित्ता हकप्रद शेयर आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को अवितरित करिब ५ लाख कित्ता हकप्रद शेयरमा आज माघ २१ गतेबाट खरिद आवेदन दिन सकिनेछ।

कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजी १ः०.८८४५ अनुपातमा अर्थात ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसमा बिक्री हुन बाँकी सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता शेयर कम्पनीले लिलामीमा बिक्री गर्न लागेको हो।

Esewa
Crest

इच्छुक व्यक्ति तथा संस्थाले यो शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। यसका लागि लगानीकर्ताले फागुन ५ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयर न्यनूतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतम शेयरका लागि कुनै हद लाग्ने छैन।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै काठमाडौंको पुतलीसडकस्थित एलआईसी नेपालको केन्द्रीय कार्यालय तथा शाखाहरु शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS