IME Life New

एमसीसीबारे हामी दुविधामा छौंः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे सरकार दुविधामा रहेको जनाएका छन् । संसदमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले एमसीसी कार्यान्वयन स्थगित अवस्थामा रहेको बताए । उनले भने, ‘संसदमा विचाराधिन अवस्थामा रहेको एमसीसीबारे हामी दुविधामा छौं ।’ एमसीसी कार्यान्वयनको लागि संसदबाट अनुमोदन जरुरी भएको भन्दै सरकार दुविधामा परेको बताएका हुन् । अर्थमन्त्री डा. खतिवडाले भने ‘सम्झौता अनुमोदन नहुँदासम्म विदेशी सहायता परिचालन गर्न सक्ने अवस्थामा छैनौं ।’

उनले एमसीसी परियोजना अन्तर्गतको नेपाल सरकारले गर्नुपर्ने काम मात्रै गरिएको बताउँदै एमसीसी परियोजना पास नभएपनि ति आयोजनाहरु सरकारले अघि बढाउनै पर्ने महत्वपूर्ण आयोजना भएको बताए ।

Esewa
Crest

सरकारले नै एमसीसीबारे दुविधा रहेको जनाएपछि अब एमसीसी लगभग पास नहुने देखिएको छ । यसैबीच सत्ता गठबन्धन नेकपाले एमसीसीमाथि छलफल गर्न भन्दै आजको लागि बोलाएको सचिवालय बैठक स्थगित गरिएको छ । यससँगै एमसीसी पास फिर्ता हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS