IME Life New

एनसेलले ल्यायो नयाँ टिकटक प्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलले ग्राहकहरुको लागि टिकटक प्याक ल्याएको छ । कम्पनीले शुक्रबार भाद्र २१ गतेबाट टिकटक प्याक सञ्चालनमा ल्याएको हो । कम्पनीले सबै सधैं सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

यस अफरमा ग्राहकहरुले करसहित मात्र १७५ रुपैयाँमा सातदिन सम्ममा अनलिमिटेड टिकटक चलाउन सक्नेछन् । त्यतिमात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सरकारबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै कम्पनीले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS