IME Life New

एनवाईएफ ललितपुरको साधारणसभाबाट नयाँ कार्यसमिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईएफ) ललितपुरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। साउन १ गते सम्पन्न भएको सभाले नयाँ अध्यक्ष र कार्यसमिति सदस्यहरु चयन गरेको छ।

एनवाईएफ नेपाल उद्योग वाणिज्य महासंघ आबद्ध संगठन हो। एनवाइफ ललितपुर च्याप्टरको भिजन मिसन र उद्देश्य भनेको युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने रहेको छ। संगठनले युवाहरुको सीप र क्षमताको उत्कृष्ट प्रयोग गर्दै युवा उद्यमीको विकास गर्न र उपलब्ध सञ्जाल र स्रोतको उत्कृष्ट उपयोग गरी देशको आर्थिक मूल्य र वृद्धिलाई सशक्त बनाउने उद्देश्य राखेको छ। साथै, नेपालभरका युवा उद्यमीको विकास गर्ने तथा व्यापार मञ्च सिर्जना गर्ने र थप रोजगारीका अवसर सिर्जना गर्ने एनवाइफ अगाडि बढेको छ।

Esewa
Crest

ासभाका प्रमुख अतिथि रुपमा पूर्वखेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित थिए। एनवाइफ ललितपुरका निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले नवनियुक्त अध्यक्ष नीतु श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। नीतु श्रेष्ठ एनयस बाई जेनी फेसनकी संस्थापक हुन्। उनी एक गतिशील र दूरदर्शी युवा उद्यमी हुन्। जसले होटल उद्योग र फेसन उद्योगमा विविध व्यवसायिक अनुभव र विशेषज्ञता हासिल गरेकी छिन्।

श्रेष्ठ आगामी एक वर्ष २०२४।२५ का लागि एनवाइफ ललितपुर च्याप्टरको अध्यक्ष हुने छिन्। उनी एनवाइफ ललितपुर शाखाबाट पहिलो महिला अध्यक्ष हुन्। उनको साथमा एल्विस रञ्जितलाई पहिलो उपाध्यक्ष र अनुकुल श्रेष्ठ दोस्रो उपाध्यक्षमा नियुक्त भएका छन्।

सदस्यहरुमा जश श्रेष्ठ, शिखर पाण्डे, निशान ढकाल, प्रकिरण श्रेष्ठ, नीरज अग्रवाल, अशङ्क सजब राणा र पलास जोशी छन्।

एनवाईएफका कुल सदस्य नेपालभर १३ जिल्ला र ७ प्रदेशमा ८०० भन्दा बढी छन्। एनवाइफले नेपालभर ४० हजारभन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ। एनवाइफ आगामी वर्षमा नेपालका सबै जिल्लामा अझ ठूलो र राम्रो विकास गर्न तत्पर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS