IME Life New

एनएमबि बैंकको साधारण सभा पुस २२ गते, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले पुस २२ गते आफ्नो २६ औं वार्षिक साधारण सभा गर्दैछ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह बिबरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले सहायक कम्पनीहरु एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको एकीकृत वित्तीय विवरणहरु समेत पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को फा ६३ अनुसार आथिृक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियक्ति या निजको पारिश्रमिक ताक्ने र हालको लेखापरीक्षक देव एशोसिएटस र केएमयु एण्ड एशोसिएटा, चार्टर्ड एकाउन्टेन्स संयुक्त रुपमा पुनः नियुक्त हुनका लागि योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभामा सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम चक्ता पूँजीको २ दशमलव ३० प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागी) र १२ दशमलव ५० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संस्शोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सोही अनुरुप संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS