IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरको ४७४%ले बढ्यो नाफा, ईपीएस कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो हिसाबले अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४७४.३८ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षको कम्पनीको आम्दानी भने घटेको छ। यो वर्ष कम्पनीका लगानी आम्दानीबाट ४८ लाख ९० हजार रुपैयाँ र वित्त आम्दानी २ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्ता आम्दानी क्रमशः ७१ लाख ३ हजार रुपैयाँ र ३ करोड ६९ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङमा ११ करोड ६० लाख रुपैयाँ र रिजर्भमा ६० करोड ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५ करोड ३९ लाख रुपैयाँ र रिजर्भमा २९ करोड ४४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कम्पनीको ईपीएस बढेर ५.५३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ०.९६ रुपैयाँ थियो। पीई रेसियो १३७.२७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५८.९७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS