IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरले पायो त्रिपल बी माइनस रेटिङ, यसले के संकेत गर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले त्रिपल बीमा माइनस रेटिङ प्राप्त गरेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले एनआरएन इन्फ्रास्ट्रक्चरलाई ‘केयर एनपी बीबीबी माइनस (आईएस) रेटिङ प्रदान गरेको हो। यो रेटिङले कम्पनी वित्तीय दायित्वहरु समयमै पूरा गर्ने सन्दर्भमा मध्यम सुरक्षा रहेको संकेत गर्छ।

Esewa
Crest

एनआरएनलाई दिइएको जारीकर्ता मूल्यांकनले यसको अनुभवी व्यवस्थापन टोलीको लामो सञ्चालन अनुभव, मध्यम वित्तीय जोखिम प्रोफाइल, न्यूनतम ऋणसहितको सहज पुँजी संरचना र पर्याप्त तरलता स्थितिको उजागर गर्दछ।

यसका साथै कम्पनीले यस क्षेत्रमा अनुभवी समूहसँगको सम्बन्धबाट लाभ उठाउने केयर रेटिङ्सको विश्लेषण रहेको छ। ‘यद्यपि, तुलनात्मक रुपमा कम तरल प्रवर्द्धक शेयरमा केन्द्रित लगानी र जलविद्युत क्षेत्रमा उच्च निर्भरताले मूल्यांकन सीमित रहेको छ’, केयर रेटिङ्सले भनेको छ, ‘जसले नदीको बहावमा विद्युत उत्पादनसँग सम्बन्धित जलविज्ञान जोखिमजस्ता क्षेत्र विशेष जोखिमहरुको जोखिम बढाउँछ।’

कम्पनीले आफ्नो दीर्घकालीन लगानी केन्द्रितबीच निकट भविष्यमा नेटवर्थमा स्थिर प्रतिफल कायम राख्ने अपेक्षा रेटिङ एजेन्सीले राखेको छ। ‘यसबाहेक एनआरएन बजार अस्थिरता र नियामक जोखिमहरुको सामना गरिरहेको छ’, केयर रेटिङ्सले भनेको छ, ‘यसले कम्पनीको नाफा र तरलतालाई असर गर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS