IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरको महिला सञ्चालकमा पोख्रेल निर्विरोध, अन्य ५ पदमा ९ जना भिड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको महिला सञ्चालकमा दिनुका पोख्रेल निर्विरोध निर्वाचित भएकी छन्। अन्य ५ सञ्चालकमा भने ९ जनाको उम्मेदवारी परेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नो १२ औँ वार्षिक साधारणसभा यही पुस १२ गते आयोजना गर्दैछ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना महिला सदस्यसहित ६ जना सञ्चालकको निर्वाचत गर्ने तालिकाका रहेको छ। सञ्चालकको उम्मेदवारीका लागि आज मनोनयन गर्ने अन्तिम दिन रहेको छ।

आज सञ्चालकका लागि १० जनाले मनोनयन दर्ता गरेका छन्। जसमा महिला सञ्चालकमा पोख्रेल निर्विरोध निर्वाचित भएकी हुन्। बाँकी ५ सञ्चालक पदमा भने ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

सञ्चालक पदमा नेप्सेका पूर्वसीईओ सीताराम थपलियादेखि हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक राजीवप्रसाद प्याकुरेलसम्मले उम्मेदवारी दर्ता गरेका छन्। सञ्चालकका अन्य प्रत्याशीमा हिक्मतबहादुर थापा, विश्वराज नेपाल, विक्रमकुमार तोदी, तिलक कोइराला, विमलकुमार भट्टराई, डिलाराम खरेल र कमल अर्याल छन्। सभामा अब यी ९ जनामध्ये ५ जना सञ्चालक पदमा निर्वाचनमार्फत छनौट हुनेछन्।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

कम्पनीसँग समान उद्देश्य भएका तथा कम्पनीको रणनीतिक उद्देश्यसँग मेल खाने कम्पनीको प्राप्ति तथा त्यस्ता कम्पनीहरुका बीच गाभ्ने, गाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन, सम्झौतामा हस्ताक्षर गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ मंसिर २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS