IME Life New

एनआरएनमा चुनावी रौनक, भवन भट्टले भने, ‘उम्मेदवारी दिने भोलि हो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरु यतिबेला गैर आवासीय नेपाली संघमा नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा भेला भएका छन् । काठमाडौंको ह्यायत रिजेन्सी होटलमा मंगलबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीे एक समारोह बीचमा गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको उद्घाटन गरिन् ।

एनआरएनको नवौं विश्व सम्मेलनबाट पाँचौं कार्यसमिति चयनका लागि निर्वाचन समेत हुँदैछ । बुधबार मनोनयन अगाडि नै सम्मेलनस्थल बौद्धस्थित ह्यात रिजेन्सी होटल निर्वाचनमय भइसकेको छ । हालसम्म उम्मेदवारी दिने घोषणा गरेका जर्मनीका कुमार पन्त तथा बेलायतका कूल आचार्यको पक्षमा व्यापक प्रचार प्रसार भइरहेको छ । नेपाली कांग्रेस तथा नेकपा (नेकपा)ले राजनीतिक घुसपैठ भएको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोले सम्मेलन नै बहिस्कार गरेको चर्चा समेत चलेको छ ।

Esewa
Crest

उता, वर्तमान अध्यक्ष भट्टले समेत उम्मेदवारी दिने संकेत गरेका छन् । इन्स्योरेन्स खवरलाई संक्षिप्त प्रक्रिया दिँदै भट्टले भने, ‘उम्मेदवारी दर्ता गर्ने दिन भोलि हो ।’ उनले अन्य दुई समुहले व्यापक रुपमा निर्वाचनको प्रचार प्रसार गरिरहँदा भट्टले निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन ‘भोलि’ अर्थात बुधबार हो भन्ने संकेत गर्नुले निर्वाचनमा पुनः उम्मेदवार बन्ने हो कि भन्ने देखिएको छ । अध्यक्ष भट्ट नेपाली बीमा क्षेत्रका लगानीकर्ता मध्ये एक हुन । उनीसँग नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर दुई लाख कित्ता संस्थापक शेयर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS