IME Life New

एनआईसी एशिया क्यापिटलको साधारण सभा आव्हान, ४८% लाभांश पेश हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आव्हान गरेको छ । एनआइसी एशिया क्यापिटलले आर्थिक वर्ष सकिएको २२ दिनमै साधारणसभा आह्वान गरेको छ । क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा नै ७७/७८ को लाभांश घोषणा र साधारणसभा आव्हान गर्ने पहिलो संस्था बनेको छ ।

क्यापिटलको साउन २२ गते सम्पन्न संचालक समितिको ९४ औं बैंठकको निर्णयानुसार क्यापिटलको पाँचौ वार्षिक साधारण सभा आगामी भाद्र १३ गते आइतबारका दिन गर्ने जनाएको छ । सभा एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे गर्न लागिएको हो ।

Crest

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश
वितरण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा छन् ।

छिटो तथा ग्राहकमुखी सेवा दिंदैक्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, म्युचुअल फण्ड, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS