IME Life New

एनआइसी एशिया बैंकको ‘एनआइसी एशिया रेमिटेन्स’ ले मलेसियाबाट रेमिटेन्सको सुरुवात गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआइसी एशिया बैंकले मलेसियाको म्याक्स मनी र एम एण्ड एम रेमिट मोरिससबीच रेमिटेन्स भूक्तानी सम्झौंता गरेको छ। बैंकले राष्ट्र बैंकको स्वीकृतिमा यी दुबै कम्पनीसँग सम्झौंता गरेर रेमिटेन्स ल्याउन सुरु गरेको हो। राष्ट्र बैंकले यस बैंकलाई गत फागुन २७ गते उक्त सेवा शुरु गर्न स्वीकृति दिएको थियो ।

म्याक्स मनीबीचको सहकार्यले मलेसियामा रहेका नेपालीले पठाएको पैसा बैंकको शाखामार्फत पाइने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए।म्याक्सको मलेसियामा २१ वटा शाखा छन्। एम एण्ड एम मरिससको सम्झौंतासँगै कतार, युएर्इ, साउदी अरब र मोरिससबाट पठाएको पैसा बैंकमार्फत पाइने उनले बताए।

Esewa
Crest

ती शाखाबाट पठाएको रकम बैंकका १ सय ८४ वटा शाखा र ४ हजार ६ सय भन्दा बढी सहायक प्रतिनिधीमार्फत सहजै भूक्तानी पाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS