काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको एनआइबिएल सहभागिता फण्ड खुलामुखी योजना)ले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ । एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजनाले हालसम्म लगानीकर्ताहरु वा इकाईधनीहरुबाट प्रत्येक कारोबार वापत निक्षेप सदस्य शुल्क २५ रुपैयाँ लिइरहेको थियो । अब भने यस फण्डले सो कारोबारमा ५ रुपैयाँ मात्रै लाग्ने व्यवस्था गरेको छ ।


















