IME Life New

एचएस कोडबारे बारम्बार सोधिने ७ प्रश्नको जबाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । एचएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो। चालु आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था जेठ १६ गतेबाट लागू भइसकेको छ।

मूल्य अभिवृद्धि कर (२६औँ संशोधन) नियमावली–०८१ को अनुसूची–५, अनुसूची–५ को (ख) र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एसएस कोड अनिवार्य गरिएको हो।

Esewa
Crest

भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न एचएस कोड अनिवार्य गरिएको छ।

एचएस कोडसहितको कर बीजक प्रयोग सम्बन्धमा बारम्बार सोधिने गरेका प्रश्नका जबाफ

प्रश्नः मूल्य अभिवृद्धि कर नियमावली (२६ औँ संशोधन) २०५३ ले व्यवस्था गरेबमोजिम एचएस कोडसहितको कर बीजकको प्रयोग कसले गर्नुपर्दछ ?

जबाफः मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले मूल्य अभिवृद्धि कर नियमावलीको २०५३, अनुसूची–५, ५ख र ६ मा उल्लेख भएको ढाँचामा कर बिजक प्रयोग गर्नुपर्दछ।

प्रश्नः कम्प्युटर बिलिङ गर्ने करदाताले हाल जारी गर्दै आएको कर बिजकको सट्टा एचएस कोडसहितको ढाँचाको कर बिजक जारी गर्दा कार्यालयबाट अनुमति लिनुपर्छ वा पर्दैन ?

जबाफः करदाताले विद्युतीय बीजक जारी गर्न प्रयोग गर्दै आएको सफ्टवेयर र सफ्टवेयरको भर्सन यथावत रहने गरी उक्त सफ्टवेयरबाट जारी गर्दै आएको बीजकको सट्टामा एसएच कोडमात्र थप गर्दा पुनः अनुमति लिनु पर्दैन।

प्रश्नः बिजकमा एचएस कोडको अंक पूरै उल्लेख गर्नुपर्छ ?

जबाफः आयातित सामानको बिजक जारी गर्दा एचएस कोडको सुरुको चार अंक अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ। करदाताले चाहेमा एचएस कोडको पूरै अंक उल्लेख गर्न सक्नेछ।

प्रश्नः मूल्य अभिवृद्धि करमा दर्ता भएका कुन कुन करदाताले जारी गर्ने वीजकमा एचएस कोड अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ?

जबाफः आयातित सामानको कारोबार गर्ने सबै करदाताले आफूले जारी गर्ने बीजकमा एचएस कोड उल्लेख गर्नुपर्नेछ।

प्रश्नः स्वदेशमा उत्पादित सामान बिक्री गर्दा एचएस कोड उल्लेख गर्नुपर्छ कि पर्दैन ?

जबाफः करदाताले आफूले जारी गर्ने बिजकमा स्वदेशमा उत्पादित सामानमा समेत एचएस कोड उल्लेख गर्न चाहेमा सक्नेछ।

प्रश्नः नयाँ ढाँचाको बिजक लागू हुनुभन्दा अगाडि खरिद गरेका सामान मौज्दातमा रहेको अवस्थामा ती सामान बिक्री गर्दा एचएस कोड उल्लेख गर्नुपर्छ कि पर्दैन ?

जबाफः बिक्रेताले मौज्दातमा रहेको आयातित सामान बिक्री गर्दासमेत एचएस कोड उल्लेख गर्नुपर्दछ।

प्रश्नः मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले कर छुट भएका सामान बिक्री गर्दा एचएस कोड उल्लेख गर्नुपर्छ कि पर्दैन ?

जबाफः मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने जुनसुकै सामान आयात गरेर बिक्रीवितरण गर्ने भएमा एचएस कोड उल्लेख गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS