IME Life New

एचआईडीसीएलले नगद लाभांश दिने, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसअनुसार कम्पनीले चुक्तापुँजीको ५.२६३ प्रतिशतले हुन आउने १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति प्राप्त भएपछि मात्रै वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ।

यसैबीच सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS