IME Life New

एचआईडीसीएलको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यसैबीच सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधरणसभाबाट विस्तृत जानकारी पछि प्रकाशिन गरिने कम्पनीले जनाएको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS