IME Life New

एचआईडीसीएलको नाफा करिब डेढ अर्ब, ३६.६०%ले बढ्यो रिजर्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ५.६७ प्रतिशतले बढेको छ।

Esewa
Crest

कम्पनीले विभिन्न आयोजनासँग गरेको सम्झौताबाट ४ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी १ करोड ९० हजार रुपैयाँ थियो।

समीक्षा वर्षमा कम्पनीको वित्तीय आम्दानी २ अर्ब ८ करोड ५८ लाख रुपैयाँ, लाभांश आम्दानी १ करोड ७ लाख रुपैयाँ र अन्य आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी २२ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३ अर्ब १९ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ थियो। रिजर्भको आकार ३६.६० प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ६.३५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ६.०४ रुपैयाँ थियो। पीई रेसियो २८.१८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.९५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS