काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को माघ महिनामा मात्रै ३ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले २ लाख ३२ हजार ३६१ वटा बीमा पोलिसी बिक्री गरी कुल ३ अर्ब ३९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ५४ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३८ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ३० करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २८ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले २८ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले २१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।यूनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १९ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी नेपाल इन्स्योरेन्सले १६ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इनस्योरेन्सले १२ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

















