IME Life New

एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत भदौ २१ गते सम्पन्न विशेष साधारण सभा र गत भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

सोही अनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको २०.५२५ प्रतिशतले हुन आउने हकप्रद बिक्री खुला गर्ने निर्णय गरेको हो । कम्पनीले साविकका शेयरधनीहरुलाई आफूले तत्काल चुक्ता गरेको शेयरपूँजीको अनुपातमा हकप्रद शेयर खरीदका लागि कम्पनीको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खातामा रकम दाखिला गरी कम्पनीको लेखा शाखामा उपलब्ध गराउन अनुरोध गरेको छ । यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ ।

Esewa
Crest

हकप्रदबारे थप जानकारी कम्पनीको काठमाडौं तीनकुनेस्थित रजिष्ट्रर कार्यालयमा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS