IME Life New

एकल बीमा पोलिसीको विकृति रोक्ने बीमा समितिको सराहनीय कदम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बीमा समितिले एकल बीमा पोलिसीमा देखिएको विकृति कम गर्न देखाएको नीतिगत अग्रसरता सराहनीय छ । जीवन बीमा कम्पनीहरूले व्यवसाय वृद्धिको अङ्क धेरै देखाउन एकल बीमा पोलिसी जारी गर्ने र एक वर्ष भित्रै सरेण्डर गर्ने गलत अभ्यासले विकृति देखिँदै आएको छ ।

एकल बीमा पोलिसी आफैमा नराम्रो पोलिसी होइन तर केही अभिकर्ता र बीमा कम्पनीका व्यवस्थापकले आफ्नो वार्षिक लक्ष्य पुरा गर्ने अस्त्रको रुपमा प्रयोग गर्दा बीमा समितिले बाध्य भएर तीन वर्षसम्म सरेण्डर नगर्न सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमाको सिद्धान्त अनुसार बीमितले आफूले चाहेको समयमा पोलिसी सरेण्डर गर्न पाउनु पर्छ । यो बीमितको हक हो तर बीमा कम्पनी र अभिकर्ताले दुरुपयोग गर्न थाले पछि समितिले बाध्य भएर लिएको यस्तो कदम आफैमा प्रशंसा योग्य छ ।

Crest

बीमा समितिले गएको असार १७ गते सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई एकल बीमा शुल्क भुक्तानी गर्ने गरि जारी गरिएका बीमालेखको प्रारम्भ मितिको एक वर्ष पुरा भए पछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने व्यवस्था गरेको थियो । बीमा समितिको ९ महिना अगाडि जारी भएको निर्देशनलाई पनि बीमा कम्पनीहरूले नटेरेपछि चैत २४ गते अर्को निर्देशन जारी गर्दै यस्ता पोलिसी जारी भएको तीन वर्षसम्म सरेण्डर नगर्न निर्देशन जारी भएको छ । साथ साथै यस्ता बीमालेख तीन वर्षसम्म धितोमा राखेर कर्जा प्रवाह नगर्न निर्देशन दिनु परेको हो ।    

बीमा कम्पनीहरूले हरेक त्रैमासिक अवधि तथा आर्थिक वर्षको अन्तिम महिनामा लाखौ रुपैयाँको एकल बीमा पोलिसी बिक्री गर्ने गरेका छन् । समितिले एकल बीमा पोलिसी समग्र बीमा व्यवसायको २० प्रतिशत भन्दा धेरै हुन नहुने भन्दै निर्देशन दिएको थियो । तर नियामक निकाय बीमा समितिले दिएको निर्देशनलाई उल्लङ्घन गर्दै कम्पनीहरूले २० प्रतिशत भन्दा धेरै व्यवसाय गरेको समितिकै अध्ययनले देखाएको छ ।

बजारमा ९ वटा जीवन बीमा कम्पनी हुँदा हुँदै सरकारले थप १० वटा कम्पनीलाई जीवन बीमा व्यवसाय गर्ने अनुमति प्रदान गर्दा यस क्षेत्रमा विकृति देखिन थालेको हो । २ अर्ब रुपैयाँ लगानी गरेर कम्पनी स्थापना गरेका लगानीकर्ताले प्रतिफलका लागि उच्च व्यवस्थापनलाई दिएको व्यवसायिक लक्ष्यले सबैभन्दा धेरै समस्या सिर्जना गरेको छ । सञ्चालकको दवाव पछि चार वर्षका लागि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृतले जुनसुकै हतकण्डा अपनाएर भए पनि व्यवसाय भित्र्याउने गरेका छन् । यसै क्रममा उनीहरूले एकल बीमा शुल्कको पोलिसीलाई अस्त्र बनाएको प्रष्ट देखिन्छ ।

समितिले अहिलेलाई पोलिसीमा केही कडाइ गरे पनि यो दीर्घकालिन समाधान होइन । दीर्घकालिन समाधानका लागि बीमा समितिको नियमित निरीक्षण, अवलोकन तथा अध्ययन गरेर समय समयमा हुने यस्ता विकृतिलाई अन्त्य गर्दै जानु पर्छ । यसका लागि समिति बलियो हुनु पर्छ । समितिले संस्थागत सुशासनमा कडाइ गर्दै लैजाने हो भने सक्नेले व्यवसाय गर्छन् नसक्ने मर्जरमा जान बाध्य हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS