IME Life New

ऋणको ब्याजदर ५ प्रतिशत घटाउन व्यवसायीको माग, बीमा शुल्कमा छुट दिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंकहरुबाट प्रवाह भएको कर्जामा पाँच प्रतिशत ब्याज छुट पाउनुपर्ने माग अघि सारेका छन् । प्रदेश नम्बर १ का विभिन्न ४२ वटा व्यावसायिक संघ–संस्थाहरुले प्रधानमन्त्री कार्यालय, प्रदेश नं १ को मुख्यमन्त्री कार्यालय र नेपाल राष्ट्रमा बुझाएको ज्ञापन पत्रमा बैंकमा हाल कायम रहेको ब्याजदरमा ५ प्रतिशतले घटाई ऋण प्रवाह गर्न माग गरेका छन् । साथै उनीहरुले बीमा शुल्कमा समेत छुट दिनुपर्ने बताएका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको नेतृत्व ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, सुनसरी, भोजपुर, धनकुटा, खोटाङ, उदयपुर सोलुखुम्बुका जिल्ला नगर उद्योग बाणिज्य संघ, प्रदेश नं १ नेपाल उद्योग बाणिज्य महासंघ, ति जिल्लाहरुका होटल संघ तथा बस्तुगत संघसहित ४२ वटा संघ तथा संस्थाहरुले सामूहिक रुपमा सरकारसँग यस्तो माग गरेको हो । प्रदेश नं १ का अधिकांश व्यवसायिक संगठनको उपस्थितिमा आज मोरङ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय, मुख्यमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो । त्यस्तै विराटनगरमा रहेको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाइएको छ ।

Esewa
Crest

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले मोरङका प्रजिअ मदन भुजेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन् । ज्ञापनमा कोभिड–१९ को रोकथाम एवम् नियन्त्रणका लागि सरकारद्वारा जारी भएको लकडाउनका कारण उद्योग–व्यवसाय बन्द भए पनि कलकारखाना, गोदाम, विद्युतको न्यूनतम शुल्क, कर्मचारीको तलब, ज्याला, बैंकको ब्याज, साँवाको दायित्व लगायत कर शुल्क बुझाउनु परेका कारण ब्याज तथा बीमा शुल्कमा छुट दिन माग गरिएको छ ।
४२ वटा संघद्वारा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘वर्तमान प्रतिकूल अवस्थाले गर्दा आर्थिक कारोबार ठप्प भएकाले बैंक ब्याज तथा किस्ता भुक्तानी गर्न नसकिएकाले बैंक ब्याज तथा किस्ता भुक्तान गर्ने अवधि लकडाउन पूर्ण रूपमा खुलेको मितिदेखि ३ महिना अवधि थप गर्नुपर्छ ।’

व्यवसायीहरुले ज्ञापन पत्रमा कोरोना महामारीका कारण उद्योग–व्यवसाय क्षेत्रमा गम्भिर असर परेको र राहत दिन उक्त अवधिको बीमा प्रिमियम नलिने व्यवस्था गर्न सरकार समक्ष आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS