IME Life New

उपत्यका बाहिर ब्रोकर लाइसेन्स खुलाउन नेप्सेलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल धितोपत्र बोर्डले संघीय संरचनाअनुसार विभिन्न प्रदेशहरुमा धितोपत्र दलाल व्यवसायीको अनुमती प्रदान गर्न नेपाल स्कट एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानहरुमा (काठमाण्डौ उपत्यका वाहेक) दलाल शाखा सञ्चालनका अध्ययन अगाडी बढाउँन निर्देशन दिएको हो ।

विद्यमान वजारको अवस्था तथा आकार, दलाल व्यवसायीले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम स्थानीय स्तरका व्यवसायी हुँदा व्यवसाय प्रतिको अपनत्व हुने बोर्डको धारणा रहेको छ । साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्रबजारको दायरा फराकिलो हुने तथा स्थानीय स्तरको व्यवसायी प्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण सहयोग हुने बोर्डले बताएको छ ।
बोर्डले आर्थिक बर्ष २०७५/७६ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम धितोपत्रको दोस्रो बजारको पहुंच विस्तार गरीने लक्ष्य लिएको थियो । धितोपत्र बजार मार्फत् स्थानीय स्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिक रुपमा सम्भाव्य जिल्ला/स्थानहरुमा धितोपत्र दलाल सेवा संचालन अनुमति दिने कार्यक्रम निर्धारण गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS