IME Life New

उद्योग बाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच सम्झौता भएको छ । महासंघकी अध्यक्ष भवानी राणा र काउन्सिलकी कन्ट्री डाइरेक्टर शाहिदा म्याकडाउगलबीच मजदुर बजारिकरण सम्बन्धी ईएलएमएस परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेकी छिन् ।

युरोपियन युनियनको सहयोगमा नेपालका मजदुरहरुलाई सहभागितामूलक दक्षता अभिबृद्धि कार्यक्रमको लागि आवश्यक सहयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको दीक्षा परियोजना सञ्चालन गर्ने उक्त दुई निकायबीच सम्झौता भएको हो । नेपाली उद्योग प्रतिष्ठानहरुमा कार्यरत मजदुरहरुलाई आफ्नो अधिकारका लागि लड्न सिकाउने उद्देश्यले संगठगित गर्ने प्रयोजनको लागि गरिएको यस प्रकारको सम्झौताले मदजुर उद्यमी व्यवसायी बीचको सम्बन्ध थप सुमधुर हुने विश्वास गरिएको छ । सम्झौता कार्यान्वयनको क्रममा नेपाली मजदुरको संघ बनाउने र आपसी सद्भाव विकास गर्ने नयाँ मोडल लागू हुनेछ ।

Esewa
Crest

परियोजना मार्फत पेशागत बर्गीकरण मापदण्डको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुने छ । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कूल बजेट रू. १७ करोड ९० लाख ११ हजार ७३३ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघको संलग्नतामा परियोजनाको कार्यान्वयन हुने महासंघले जनाएको छ ।

मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले संवोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा हुनेछ भने समग्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्रणालीमा परिवर्तन ल्याउनुका साथै श्रम बजारमा माग र आपूर्तिको व्यवस्थापनमा ठूलो सहयोग गरी समग्रमा मुलुकको औद्योगिक विकासमा सघाउ पु¥याउने विश्वास लिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS