IME Life New

उद्योग बाणिज्य महासंघले सरकार सँग माग्यो ५ हजार डोज खोप, नसके निजी क्षेत्रलाई ल्याउन दिनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीहरुका लागि तत्काल ५ हजार डोज खोप उपलब्ध गराउन नेपाल सरकास समक्ष माग गरेको छ। महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल सहित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई भेटेर खोपको माग गरेका हुन्।

कोरोनाका कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै महासंघले सरकार समक्ष ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनु पर्ने भन्दै माग राखेका हुन्। सरकारले उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिनु पर्ने महासंघले माग गरेको छ।

Esewa
Crest

पछिल्लो समय सरकारी निकायहरुबीच समन्वय नहुँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ। विशेषगरी एउटा निकायको सहमतिमा व्यवासयीहरुले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन समेत आग्रह गरेका छन्।

यस अघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपता ल्याउन समेत व्यवसायीले आग्रह गरेका छन्। कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन शुरु गरिएकोले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसायीहरुलाई प्राथमिकतामा राखिने बताए। साथै मन्त्री त्रिपाठीले निजी क्षेत्रलाई कोरोना खोप आयात गर्न दिने विषयमा त्रिपाठीले सकारात्मक आश्वासन दिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS