IME Life New

उद्योग बाणिज्य महासंघको शिक्षा, सीप विकास र रोजगार समितिले पायो पूर्णता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, सीप विकास र रोजगार समितिले पूर्णता पाएको छ।

महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले बुधबार पूर्णता पाएको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समितिका सल्लाहकार तथा सदस्यहरुलाई मनोनयनपत्र प्रदान गरेका छन्।

Esewa
Crest

समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे र काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नियुक्त भएका छन्।

समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायणप्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नवप्रवर्तनविज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन्।

समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका डिन प्राडा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन्।

समितिका उपसभापति, सल्लाहकार तथा सदस्यहरुलाई मनोनयन पत्र थमाउँदै महासंघका अध्यक्ष ढकालले शिक्षा, सीप विकास तथा रोजगारीलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले महासंघले सोही मर्मअनुसार ‘जब फेयर’को आरम्भ गरेको पनि जानकारी दिए। उनले गुणस्तरीय शिक्षा, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धनका लागि सरकार–निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए।

महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले पनि शिक्षा, सीप विकास र रोजगारीलाई नै केन्द्रमा राखेर आफूहरु अघि बढिरहेको बताए। गुणस्तरीय शिक्षाका माध्यमबाट सीपयुक्त जनशक्ति तयार हुने र त्यसले सहजै रोजगारी पनि प्राप्त गर्ने उनीहरुको भनाइ थियो।

समितिका सभापति गोपाल खनालले समितिको अगुवाइमा नेपालको शिक्षा प्रणाली, सीपयुक्त जनशक्ति उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रका आफूले केही नयाँ काम गर्ने योजना बनाएको बताए। उनले सरकार, निजी क्षेत्र र विज्ञहरु सम्मिलित बृहत छलफल तथा अन्तर्क्रियाका माध्यमबाट समितिले ठोस योजनासहित काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS