IME Life New

उद्योगको विद्युत लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय, बैकल्पिक बाटो खोजिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत महसुल बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको लाइन नकाट्ने निर्णय गरेको छ।

सञ्चालक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। सञ्चालक समितिले बक्यौता महसुल उठाउन बैकल्पिक बाटो खोजिने निर्णय पनि गरेको छ।

Esewa
Crest

यसअघि प्राधिकरणलाई विद्युत नियमन आयोगले मंगलबार उद्योगहरुको लाइन नकाट्न र बक्यौता महसुल उठाउने बैकल्पिक बाटो खोज्न निर्देशन दिएको थियो। आयोगले विद्युत लाइन काट्ने निर्णयले समस्या दोहोरिरहने र राजस्व पनि गुम्ने खतरा औँल्याएको थियो।

यसअघि पटक–पटक प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै आएको थियो। सरकारको निर्देशनमा पछिल्लोपटक प्राधिकरणले उद्योगहरुको लाइन जोडेर १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो। तोकिएको अवधिभित्र नतिरे फेरि लाइन काट्ने प्राधिकरणले जनाएको थियो।

प्राधिकरणले बक्यौता रकम तिर्न दिएको समयसीमा बुधबार सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS