IME Life New

उत्पादन तथा प्रशोधन क्षेत्रका थप ९ कम्पनीले आइपीओ ल्याउँदै, सेबोनसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग उत्पादन तथा प्रशोधन क्षेत्रका थप ८ कम्पनीले आइपीओ निष्कासनको अनुमति मागेका छन्। उनीहरुले विभिन्न मितिमा निवेदन दिएपछि आज सेबोनले पाइपलाइनमा राखेको हो।

आइपीओ अनुमति माग्नेमा सागर डिस्टिलरी, रिद्धि सिद्धि सिमेन्ट, भूगर्भ सिमेन्ट, सोपान फर्मास्युटिकल्स, श्री डिस्टिलरी, लक्ष्मी टेक्नोप्लास्ट, पाल्पा सिमेन्ट इन्डिस्ट्रिज, ओम मेगाश्री फर्मास्युटिकल्स र स्मार्ट डोर्ज रहेका छन्।

Esewa
Crest

सागर डिस्टिलरीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९२ हजार कित्ता शेयर ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

रिद्धि सिद्धि सिमेन्टले १०० रुपैयाँ अंकित मूल्यमा ११४.१० रुपैयाँ प्रिमियम थपेर २१४.१० रुपैयाँ कुल १ करोड २१ लाख ७१ हजार ५०० कित्ता शेयर ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

त्यस्तै भूगर्भ सिमेन्टले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ६२ हजार ५०० कित्ता शेयर ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

सोपान फर्मास्युटिकल्सले पनि १०० रुपैयाँ अंकित दरमा कुल ११ लाख कित्ता शेयर ल्याउने भएको छ। एनएमबि क्यापिटलले यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकको भूमिका निभाउनेछ।

यसैगरी १०० रुपैयाँ अंकित दरमा श्री डिस्टिलरीले ९ लाख ६० हजार कित्ता, लक्ष्मी टेक्नोप्लास्टले १० लाख कित्ता र पाल्पा सिमेन्टले ७५ लाख कित्ता आइपीओ ल्याउन सेबोनसँग अनुमति मागेका छन्। आइपीओ बिक्री प्रबन्धकमा श्री डिस्टिलरीको प्रभु क्यापिटल, लक्ष्मी टेक्नोप्लास्टको नेपाल एसबीआई क्यापिटल र पाल्पा सिमेन्टको नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।

उता १०० रुपैयाँ अंकित मूल्यमै ओमश्री फर्मास्युटिकल्सले १८ लाख कित्ता र स्मार्ट डोर्जले ३ लाख ६ हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेका छन्। आइपीओ बिक्री प्रबन्धकमा ओमश्री फर्मास्युटिकल्सको प्रभु क्यापिटल र स्मार्ट डोर्जको मुक्तिनाथ क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS