IME Life New

ईङ्वा हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, सीमाभन्दा बढी रहेको कर्जा अनुमोदन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ईङ्वा हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

कम्पनीले विकास, निर्माण तथा सञ्चालन गरिरहेको आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिइएको तथा लिन आवश्यक कर्जा कम्पनी ऐनअनुरुप तोकिएको सीमाभन्दा बढी रहेको कर्जा सभाले अनुमोदन गर्नेछ। अन्य आयोजनाहरु विकास गर्नका लागि थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले नियमनकारी निकायहरुबाट कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन भएमा सञ्चालक समितिलाई सो कार्य गर्न अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पातिर गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS