IME Life New

इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५१ हजार ६७० जनाले पाए १० कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशियाले लक्की ड्र मार्फत बाँडफाँट गरेको हो । प्राथमिक शेयरमा आवेदन दिने मध्ये ५१ हजार ६७० जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् । आज भएको गोला प्रथामा लक्की नम्बर ८ चयन भएको छ ।

इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन एक गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन तथा बिक्री खुला गर्दा २३ लाख ३१ हजार २५८ जनाको आवेदन परेको थियो । उक्त आवेदक मध्ये १५५२ जनाको आवेदन रद्द भएको छ । आज भएको बाँडफाँडका लागि जम्मा २३ लाख २८ हजार ७०६ जना मात्रै योग्य भएका छन् । योग्य आवेदकबाट २ करोड ६४ लाख कित्ताको आवेदन परेको छ । यो माग भन्दा ५१.१५ गुणा बढि आवेदन परेको हो ।

Esewa
Crest

सर्वसाधारण समुहका लागि निष्काशन गरिएको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता बाँडफाँड गरिएको छ ।

पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

कम्पनीमा नेपाल सरकार अर्थमन्त्रालय सहित विभिन्न व्यवसायिक घरानाका लगानीकर्ताको लगानी रहेको छ । कम्पनीमा मनोज बहादुर श्रेष्ठ, बैंकर शम्भु नाथ गौतम, चन्द्र प्रसाद ढकाल, विशाल ग्रुप, नुमनाथ पौडेल, बैंकर ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, हरिभक्त शर्मा, पशुपति मुरारका, शेखर गोल्छा, सौरभ ज्योति, सिताराम थपलिया, अम्बिका प्रसाद पौडेल लगायत छन् । कम्पनीको सञ्चालक अध्यक्षमा लालमणी जोशी तथा सञ्चालकहरुमा शोभाकान्त पौडेल, चन्द्र टण्डन, अशोक कुमार अग्रवाल, विनोद आत्रेय र लिमा आचार्य अधिकारी रहेका छन् । प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी भने २ रुपैयाँ छ । नेटवर्थका आधारमा कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार अधिकतम ३१५ रुपैयाँबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS