IME Life New

इन्स्योरेन्स शिक्षा: के तपाई बेसार खेतीको बीमा गर्ने सोचमा हुनुहुन्छ ? बेसार खेती बीमालेख बारे जानकारी ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले बेसार खेती बीमालेख जारी गरेको छ । यस बीमालेखले बेसार खेतीमा हानि नोक्सानी भएमा रक्षावरण गर्दछ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
बेसार बीमालेखले सबै अवस्थामा जोखिमको रक्षावरण गर्दैन् । बेसार बीमा अवधिभित्र आगलागी, चट्याङ, भुकम्प, बाढी डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

Esewa
Crest

बीमालेखले क्षतिपूर्ति नदिने अवस्थाहरु
बेसार बीमालेखले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, उखु खेती धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट बेसार क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा बीमा गरिएको बेसार खेती नष्ट गर्नु पर्ने भएमा, बेसार चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।

युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको बेसारको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । उखु धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । यस्ता अवश्थाहरुमा बीमा कम्पनीले बेसार खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।

बीमितले पालना गर्नुपर्ने शर्तहरु
बेसार खेतीका लागि प्रयोग गरिने बीउको श्रोत नेपाल सरकारबाट अनुमती प्राप्त सरकारी, अर्धसरकारी निकाय वा निजीक्षेत्र, कृषक समूह, कृषि सहकारी हुनुपर्नेछ । साथै, बेसार खेतीको लागि लगाईने जात राष्ट्रिय बीउ बीजन समितिबाट उन्मोचन/सूचिकृत वा पंजिकृत भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिस गरिएको जात वा स्थानिय स्तरमा प्रचलनमा रहेको हुनुपर्नेछ । बेसार सिफारीस गरिएको प्रविधि अनुसार खेती गरिएको हुनुपर्दछ । बेसार खेती गर्दा झारपातको उचित व्यवस्थापन भएको हुनुपर्ने र जमिनको तयारी समेत उचित किसिमले भएको हुनुपर्ने छ । अन्य बालीसग अन्तरबालीको रुपमा लगाइएको हकमा यस बीमालेखले बेसार बालीको मात्र रक्षावरण गर्नेछ । बेसार खेतीमा कुनै रोग/कीरा वा दुवै लागेमा बेसार खेती धनीले तत्काल आप्mनै खर्चमा उचित रेखदेख तथा उपचार गराउनु पर्नेछ । साथै, बेसार खेती धनीले उचित रेखदेख तथा उपचार गराएको कागजात/प्रमाण सुरक्षित साथ राख्नु पर्छ ।

बीमा दाबीको अवस्थामा सोको प्रमाण पेश गर्नु पर्नेछ । बीमकले चाहेको जुनसुकैसमयमा बेसार खेती परीक्षण/निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई बेसार खेतीको धनीले परीक्षण/निरीक्षण गर्न दिनु पर्नेछ । बीमालेखमा उल्लेख भए बमोजिम वा तोकिए बमोजिमको शर्त अनुसार बीमा गरिएको बालीको उचित स्याहार सम्भार नगरेको अवस्थामा बीमकले बीमितलाई सात (७) दिनको लिखित सूचना दिई बीमालेख रद्द गर्न सक्नेछ ।

बेसार खेती धनीले बेसार खेतीको क्षति/हानी–नोक्सानी भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टा भित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति/ हानी–नोक्सानीको निरीक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म बेसार घ खेती धनीले क्षति/हानी–नोक्सानीको स्थानलाई यथा अवस्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनैबाधा पुर्याउने छैन । यस बीमालेख अन्तर्गत बीमित बेसार खेतीको क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी– नोक्सानीको दाबी गर्न पाइने छैन । यस बीमालेखको अनुसूचीमा बीमा अवधि समाप्त हुने भनी उल्लिखित भएको मितिमा स्थानीय समय अनुसार रातको बाह्र (१२) बजे पछि यस बीमालेखको अवधि समाप्त हुनेछ ।

दाबी सम्बन्धी प्रक्रिया :
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको बेसार बालीको हानी भएमा १५ दिनभित्र देहायका कागजातहरु सहित बीमक समक्ष पेस गर्नु पर्नेछ । सक्कल बीमालेख (आंशिक क्षतिको अवस्थामा बीमालेखको छाँया प्रति), पूर्ण रूपले भरिएको दाबी फाराम (समूहमा बीमा गर्दा प्रत्येक बिमितको छुट्टा छुट्टै फारम), कृषि प्राविधिकको प्रतिवेदन (समूहमा बीमा गर्दा प्राविधिकको छुट्टा छुट्टै क्षतिको सिफारीस फारम), क्षति भएको बालीको फोटो बीमक समक्ष पेश गर्नुपर्नेछ ।

बेसारको बीमा गरेको मितिले अधिकतम नौ (९) महिना सम्म यस बीमालेखले रक्षावरण गर्नेछ । बेसार वालीको बीमालेख जारी भएको तीस (३०) दिन भित्र क्षति भएमा क्षति भएको क्षेत्रफलको बीमाङ्क रकमको पचास (५०) प्रतिशत दाबी भुक्तानी गरिनेछ । तीस (३०) दिन पछि बाकि रहेको बीमा अवधीमा भएको क्षतिको क्षेत्रफलको आधारमा ९० प्रतिशत सम्म दाबी भुक्तानी गरिनेछ । बीमा अवधी भित्र बीमा दावी परेको क्षेत्रफललाई पून : बीमामा समावेश गर्न पाईनेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS