IME Life New

इन्स्योरेन्स शिक्षा : उखु खेतीको बीमा कसरी गर्ने ? पूर्ण जानकारी ।

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले उखु खेती बीमालेख योजना जारी गरेको छ । यस बीमालेखले उखु खेतीमा हानि नोक्सानि भएमा रक्षावरण गर्दछ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
उखु खेती बीमालेखले सबै अवस्थामा जोखिमको रक्षावरण गर्दैन् । उखु बीमा अवधिभित्र आगलागी, चट्याङ, भुकम्प, बाढी डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

Esewa
Crest

बीमालेखले क्षतिपूर्ति नदिने अवस्थाहरु
उखु बीमालेखले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै, उखु खेती धनी वा निजको परिवारको सदस्यले जानिजानि वा लापरवाहिको कारणले वा मनोरञ्जनको उद्देश्यको कारणबाट उखुकोे क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा बीमा उखु खेती नष्ट गर्नु पर्ने भएमा, उखु चोरी भएमा, बीमितले आफ्नो जग्गा विक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।

युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको उखुको क्षति भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन । उखु धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मुल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दावि प्रति उत्तरदायि हुने छैन् । यस्ता अवश्थाहरुमा बीमा कम्पनीले उखु खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।

शर्तहरु
उखु खेतीमा कुनै रोग किरा वा दुवै लागेमा उखु धनीले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ । साथै उखु खेती धनीले तत्काल रेखदेख तथा उपचार गराएको कागजात प्रमाण सुरक्षित साथ राख्नु पर्छ । बीमकले चाहेको जुनसुकै समयमा उखु निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई उखु खेतीको परीक्षण गर्न दिनु पर्नेछ । धनीले उखु खेतीको क्षति वा हानि नोक्सानि भएमा सोको ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्दछ । त्यस्तो जानकारी प्राप्त २४ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानि नोक्सानिको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म उखु खेती धनीले क्षति वा हानि नोक्सानिको स्थानलाई यथा अवश्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनिकरण गनै चालिएको कदमलाई यस प्रावधानले बाधा पुर्याउने छैन् ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको उखुको हानि नोक्सानी भएमा सोको १५ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंकं वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ । दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्जमिन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS