IME Life New

इन्स्योरेन्स खबर प्रभावः नियमविपरीत शेयर बेच्ने नेसनल फन्डको दाउँमा सेबोनको रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेसनल फन्ड म्यानेजमेन्टले नियमविपरीत शेयर बेचेर बढी पैसा असुल्ने दाउँमा रोक लगाएको छ।

कम्पनीले नबिकेको हकप्रद शेयर अंकित मूल्यमा थप ५० रुपैयाँ प्रिमियम राखेर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेका लागि आज (भदौ ६ गते) सूचना जारी गरेको थियो। तर, इन्स्योरेन्स खबरले यसबारेमा समाचार प्रकाशित गरेपछि शेयर बजार नियामक सेबोनको ध्यानाकर्षण भएको हो। किनकि कुनै पनि सूचीकृत भएको वा नभएको कम्पनीले तोकिएको अंकित मूल्यमा बिक्री नभएको हकप्रद शेयरमा प्रिमियम मूल्य थपेर फेरि लिलामी प्रक्रियामार्फत बिक्री गर्न पाउँदैन।

Esewa
Crest

‘हामीले नेसनल फन्डले नियम मिचेर नबिकेको हकप्रद शेयर सर्वसाधारणसमेतलाई बिक्री गर्न लागेको थाहा पायौँ’, सुपरिवेक्षण विभागका उपकार्यकारी निर्देशक दिपेन्द्र ताम्राकारले इन्स्योरेन्स खबरसँग भने, ‘त्यही भएर उक्त लिलामी प्रक्रिया रोक्न मौखिक रुपमा भनेका छौँ। सो कम्पनीले आफ्ना संस्थापक शेयरधनीलाई अंकित मूल्यभन्दा बढीमा बेच्न पाउला तर सर्वसाधारणलाई त्यही शेयर प्रिमियम मूल्य थपेर भने बेच्न पाउँदैनन्। त्यसैले रोक्न भनेका छौँ।’

ताम्राकारका अनुसार भोलि भदौ ७ गते नेसनल फन्डले अर्को सूचना निकालेर लिलामीमार्फत शेयर बिक्री गर्ने प्रक्रिया रोक्नेछ।

कम्पनीले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा ५४ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको ११ लाख ७२ हजार कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत भदौ १३ गतेबाट बिक्री खुलाउने तयारी गरेको थियो।

बिक्रीमा राखिने शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। जब कि कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा हकप्रद बिक्री गरेको थियो। अहिले नबिकेको हकप्रद शेयरमा नियमविपरीत ५० रुपैयाँँ प्रिमियम थपेर प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ। कम्पनीले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने भनेको छ। यसमा हाल कायम संस्थापक शेयरधनीका साथै योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्ने भनिएको छ।

लगानीकर्ताले न्यूनतम २० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने भनिएको छ। अधिकतममा कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। यो शेयर खरिदका लागि भदौ २० गतेसम्म बोलपत्र पेस गर्न सकिन्छ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा बुझाउन सकिने भनिएको छ।

अब भने शेयरको यो लिलामी प्रक्रिया रोकिने भएको छ।

नेसनल फन्डका सीईओ सरोज गुरागाइँले यसबारेमा आफूले अहिले नै केही प्रक्रिया नजनाउने बताए। ‘अहिले यस विषयमा म केही बोल्दिनँ’, उनले भने, ‘भोलि यसबारेमा केही खबर (सूचना) आउला।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS