IME Life New

इन्भेस्टमेन्ट कम्पनीलाई सूचीकृत हुन आउन धितोपत्र बोर्डको आह्वान, यी विवरण अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्भेस्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन आउन आह्वान गरेको छ।

सरकारको निर्णयबमोजिम नेपाल राजपत्रमा गत पुस १८ गते सूचना प्रकाशित गरी इन्भेस्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुनुपर्ने प्रावधान ल्याइएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (२)ले दिएको अधिकार प्रयोगरी समन्वय समितिको सिफारिसमा ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्तापुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेस्टमेन्ट कम्पनीको हकमा धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको छ।

Esewa
Crest

सोही निर्णयबमोजिम धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम २० को व्यवस्था सूचीकृत हुन आह्वान गरेको हो। सूचीकृत हुनका लागि धितोपत्र बोर्डमा ती कम्पनीहरुले आवश्यक विवरण बुझाउनुपर्ने हुन्छ।

यस्ता छन् आवश्यक विवरण

  • धितोपत्र बोर्डमा सूचीकृत हुनका लागि निवेदन दिनुपर्ने,
  • सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा शेयरधनीको लगत)
  • कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली
  • कम्पनी अद्यावधिक दर्ता प्रमाणपत्र
  • स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र
  • कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर)
  • कम्पनीको सञ्चालक समितिबाट धितोपत्र बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि
  • कम्पनीको सञ्चालक समितिबाट सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी
  • कम्पनीको वार्षिक कारोबारसमेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन
  • कम्पनीको चुक्तापुँजी खुल्ने कागजात तथा विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS