IME Life New

इन्डोनेसियाकी पर्यटन उपमन्त्री र पर्यटन बोर्डका कार्यकारी प्रमुखबीच भेटवार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा दुवै देशको पर्यटन प्रर्वद्धनमा आपसी सहकार्यमा जोड दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ ।

Esewa
Crest

भेटका अवसरमा बोल्दै उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफु मोहित भएको बताउँदै नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । “नेपाल साच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहीत भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु । ” उनले भनिन ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपूणर् सम्बन्ध रहेको उल्लेख गर्दै बोर्ड आससी सहकार्यका लागि बोर्ड सधैं तयार रहेको बताए। “नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो । हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस । उनले भने ।

उनले दुवै दशेको पर्यटन प्रर्वछनका लागि बीटुबी गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए ।

सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नु पर्नेमा जोड दिंदै दुवै देशलाई फाइदा पुगने गरि प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राख्नु राखे ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा,निमित्त बजार निर्देशक लक्ष्मण गौतम तथा पर्यटन बोर्डका अधिकारी तथा इन्डोनेसियाको राजदुतावासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS