IME Life New

इन्जिन फेल भएको जहाज फिलिपिन्सको समुन्द्रमा खस्यो, नेपाली पाईलटसहित पाँच जनाको जीवितै उद्धार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विहानै फिलिपिन्समा भएको एक जहाज दुर्घटनामा नेपाली प्रशिक्षार्थी पाईलटको सकुशल उद्धार गरिएको छ । इन्जिन फेल भएर समुन्द्रमा खसेको जहाजबाट एक जना नेपाली प्रशिक्षार्थी पाईलट, एक जना भारतीय प्रशिक्षार्थी पाईलट तथा क्याप्टेन, अर्का फिलिपिनी प्रशिक्षार्थी पाईलट तथा एक जना हवाई इन्जिनियरको जीवितै उद्धार गरिएको फिलिपिन्सको सञ्चार माध्यमले जनाएको छ ।

दुर्घटनामाग्रस्त जहाजबाट नेपालमा दुई वर्ष पत्रकारिता क्षेत्रमा काम गरेर पाईलट टे«निङका लागि फिलिपिन्स पुगेका २८ बर्षिय शुरम्य खनालसहित अन्य तीन जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । जहाज दुर्घटनापछि जीवितै उद्धार गरिएकाहरुमा २७ बर्षिय भारतीय नागरिक ज्योथिस जोन पुलिथानाम, फिलिपिन्सका २७ बर्षिय राजेल डुलेय, भारतीय नागरिक ३४ बर्षिय क्याप्टेन मर्रियफ र फ्लाईट इन्जिनियर चोको डोमेन रहेका छन् ।

Esewa
Crest

समुन्द्रमा खसेको जहाजलाई ट्राईसाइकल चालकले तत्कालै उद्धार गरेका कारण नेपाली प्रशिक्षार्थी पाईलट सहित पाँचै जनाको जीवन बच्न सफल भएका हुन् ।

तालिमको क्रममा रहेका बेला जहाज दुर्घटनामा परेको बताइएको छ । मध्य आकाशमा जहाजको इन्जिन फेल भएपछि ग्लाईडिङ गरेर समुन्द्रमा फोर्स ल्याण्डिङ गरिएको र संयोगवश जमिनभन्दा ६ मिटर पर समुन्द्रतर्फ जहाज खसेको थियो । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । फिलिपिनी संचारमाध्यमहरुका अनुसार पाईलटलाई तालिम दिने कम्पनीको जहाजमा प्रशिक्षण उडानको क्रममा कलसाइन आरपी–सी८३४ जहाज दुर्घटनामा परेको हो । हवाई जहाज दुर्घटनामा ठूलो रकम बीमा दावी पर्ने गर्दछ ।

नेपाली प्रशिक्षार्थी पाइलट सुरम्य खनाल

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS