IME Life New

इजाजत नलिई बीमा व्यवसाय सञ्चालन गर्नेमाथि कारबाही गरिने प्राधिकरणको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय सञ्चालन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। बीमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजतपत्र नलिइ कसैले पनि बीमा, पुनर्बीमा, बीमाकोषजस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसायसम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन पाइँदैन।

Esewa
Crest

बीमा ऐन २०७९ को दफा १५३ अनुसार बीमकबाहेक अन्य कसैसँग बीमा व्यवसायसम्बन्धी कारोबार गर्न नहुने तथा उक्त कानुनी प्रावधानविपरीत हुने गरी बीमकबाहेकका संगठित संस्थाहरुले बीमा व्यवसायसँग सम्बन्धित कारोबार गरेको देखिएमा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (क) बमोजिम बीमा कसूर मानी दफा १४१ को उपदफा (१) बमोजिम दण्ड जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको प्राधिकरणले स्पष्ट पारेको छ।

नियमविपरीत हुने गरी विभिन्न संघ तथा संस्थाबाट बीमा व्यवसायसम्बन्धी कारोबार, व्यवसाय, व्यापार गरेको गुनासो तथा जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ। ‘प्राधिकरणबाट इजाजतप्राप्त बीमकबाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमासम्बन्धी कारोबार वा बीमा व्यवसाय नगर्न नगराउन तथा गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिने सम्बन्धित सबैको जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS